कालीगण्डकीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह
तीन दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ ।
कालीगण्डकीको मुहान मुस्ताङको तल्लो भागदेखि म्याग्दी तथा पर्वतको उत्तरी क्षेत्रमा लगातार वर्षा भएकाले नदीमा पानीको सतह बढेको हो ।
पानीको बहाव बढेसँगै मुस्ताङ, म्याग्दी र पर्वतको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
कालीगण्डकी नदी किनार पर्वतको बारी, म्याग्दीको बेनी तथा बाग्लुङको सिमाना मालढुंगाको माझी बस्तीसहित मोदीवेणी, सेतीवेणी र पुर्तिघाट बजार बाढीको जोखिममा छन् । रासस