वान डे क्रिकेट: नेपालले दियो नेदरल्याण्ड्सलाई २१७ रनको लक्ष्य
नेदरल्याण्ड्समा जारी वान डे क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई २१७ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनमा बनाएको हो।
नेपालका लागि सोमपाल कामीले ४६ बलमा ५ चौका र ६ छक्काको मद्दतले सर्वाधिक ६१ रन बनाए।
त्यस्तै, कप्तान पारस खड्काले ६९ बलमा ५१, सुवास खकुरेल र दिपेन्द्रसिंह एरीले १९–१९, आरिफ शेखले १६, ज्ञानेन्द्र मल्लले १३, अनिलकुमार साहले ४, वसन्त रेग्मीले १, संदीप लामिछानेले ८ र ललित भण्डारीले ४ रन बनाए।