एक दिवसीय क्रिकेट अन्तर्गत नेपाल र नेदरल्याण्ड्स बीचकाे दोस्रो खेल जारी
नेपाल र नेदरल्याण्ड्सबीच एक दिवसीय शृंखलाकाे दोस्रो खेल शुरु भएको छ ।
टस जितेर ब्याटिङ रोजेको नेपालले राम्रो शुरुवात गरे पनि सातौं ओभरमा ओपनर व्याट्सम्यानद्वय ज्ञानेन्द्र मल्ल र अनिल कुमार साहलाई गुमाउन पुगेको छ भने ११.१ ओभरमा सुवास खकुरेल आउट भएका छन्।
१४.३ ओभरको खेल सकिंदा नेपालले ३ विकेटको क्षतिमा ६७ रन जोडेको छ ।
पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजय भोगेको नेपाल यो खेलमा जित हात पार्न सकेको खण्डमा पहिलो एकदिवसीय शृंखला बराबरीमा टुंग्याउन सफल हुनेछ ।