महाभियोग प्रस्ताव संसदमा पेश, ९ गते छलफल हुने
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव आजको व्यवस्थापिका संसद बैठकमा पेश भएको छ ।
उक्त प्रस्तावबारे छलफलका लागि सभामुख ओनसरी घर्तीले मंगलबार, ९ कात्तिकको मिति तोकेकी छन् । संसदमा छलफलपछि उक्त प्रस्ताव महाभियोग छानविन समितिमा पठाइनेछ । समितिले ३० दिनभित्र प्रतिवेदन बुझाइसक्नुपर्नेछ ।