सामसङको जे–८ बजारमा
सामसङ इलेक्ट्रोनिक्सले जे सिरिजअन्तर्गतको ग्यालेक्सी जे–८ सार्वजनिक गरेको छ ।
एन्ड्रोइड ओरेओ अपरेटिङ्ग सिस्टम रहेको स्मार्टफोनमा ४५० को स्न्याप ड्रागन प्रोसेसर रहेको छ । यसमा ३५०० एमएएचको ब्याट्री, चार जीबी र्याम र ६४ जीबीको रोम छ । यसमा २५६ जीबीसम्मको एक्स्ट्रनल मेमोरी प्रयोग गर्न सकिन्छ ।
जे–८ मा ६ इन्चको सुपर एमिलोड इन्फिनिटी डिस्प्ले तथा १६ र ५ मेगापिक्सलका दुई क्यामेरा रहेका छन् । यसमा ‘च्याट ओभर भिडियो’ समेत रहेको छ । जसले गर्दा भिडियो हेरिरहेको समयमा पनि च्याट गर्न सकिनेछ ।
उक्त स्मार्टफोन फिंगर प्रिन्ट तथा फेस रिक्गनिसनको माध्यमबाट अनलक गर्न सकिन्छ । निलो, कालो र गोल्डेन रंगमा रहेको जे-८ को बजार मूल्य रु. ३३ हजार ४९० तोकिएको छ ।