थप समाचारबिहिवार, श्रावण १७, २०७५

दाङ जिल्ला प्रशासन शनिबार पनि खुल्ने

हिमालखबर

१ भदौदेखि दाङको जिल्ला प्रशासन कार्यालय शनिबार पनि खुल्ने भएको छ ।

नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्न शनिबारको दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म कार्यालय सञ्चालनको तयारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले नागरिकको सेवालाई ख्याल गरेर कार्यालय समय थप गरिएको जानकारी दिए ।

जिप्रकाले दाङका दशवटै स्थानीय तहसँग शनिबार कार्यालय सञ्चालनको विषयमा सुझाव पनि मागेको छ । रासस

 

प्रतिकृया दिनुहोस