वान डे क्रिकेट: नेदरल्याण्ड्स - नेपाल खेल जारी
टस जितेर पहिले व्याटिङ रोजेको नेदरल्याण्ड्सले ३८.२ ओभरमा ६ विकेट गुमाउँदै १५८ रनमा खेलिरहेको छ । नेपालका लागि सोमपाल कामीले तेस्रो ओभरमै नेदरल्याण्ड्सका ओपनर ब्राकलाई व्यक्तिगत १ रनको स्कोरमा बोल्ड गर्दै पहिलो सफलता दिलाएका थिए ।
त्यसपछि कप्तान पारस खड्काले २० रन जोडेका बेन कुपरलाई एलबीडब्लु धरापमा पारे । व्याटिङ पावरप्ले सकिएपछिको पहिलो ओभर लिएर आएका सन्दीप लामिछानेले २९ रन बनाएका माइबर्गलाई आफ्नो दोस्रो ओभरमा बोल्ड गर्दै तेस्रो सफलता दिलाए ।
कप्तान पारसले नै १२ रनमा खेलिरहेका बारेसीलाई आरिफ शेखबाट क्याचआउट गराउँदै अन्तर्राष्ट्रिय वानडेमा आफ्नो दोस्रो विकेट सुरक्षित गरे ।
सोमपाल कामीले ३३.४ ओभरमा विकेटकिपरको हातबाट डे लिडेलाई क्याचआउट गराउँदै अन्तर्राष्ट्रिय वानडेमा दोस्रो विकेट लिन सफल भएका छन् ।