थप समाचारबुधवार, श्रावण १६, २०७५

पाँच वर्षभित्र तीन हजार मेगावाट विद्युत् उत्पादनः ऊर्जामन्त्री

हिमालखबर

ऊर्जा मन्त्री बर्षमान पुनले पाँच वर्षभित्र तीन हजार मेगावाट विद्युत् उत्पादन हुने बताएका छन् ।

आज दोलखाको सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पुनले ‘जनताको पानी जनताको लगानी’ अभियानअन्र्तगत ६ खर्बको लगानीमा पाँच वर्षभित्र तीन हजार मेगावाट विद्युत् उत्पादन हुने बताएका हुन् ।

मन्त्री पुनले मुलुकको विकास र समृद्धिको लागि सरकारले विद्युत् उत्पादनलाई प्राथामिकतामा राखेको बताए । उनले दोलखाको लामाबगरमा निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत् आयोजना एक वर्षभित्र सम्पन्न हुने बताएका छन् ।

पुनले दोलखामा तत्काल निर्माण गर्न सकिने तामाकोशी ३ र ५ आयोजनाको लागि समेत सरकारले प्रक्रिया अगाडि बढाउने जानकारी गराए ।

सर्मिला बुढाथोकी, दोलखा

 

प्रतिकृया दिनुहोस