ट्राफिक कारबाहीबाट ५६ लाख राजश्व
लमजुङमा आर्थिक वर्ष २०७४/७५ मा ट्राफिक कारबाहीबाट रु ५६ लाख राजश्व संकलन भएको छ ।
जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत सवारीसाधन चलाउनेलाई कारबाही गरी उक्त राजश्व संकलन गरिएको हो ।
गत आवमा आठ हजार ५५३ सवारीचालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख नीरबहादुर अधिकारीले जानकारी दिए ।
ट्राफिक नियम उल्लङ्घन गरी कारबाही पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल चालक छन् । यस क्रममा तीन हजार २६५ मोटरसाइकल चालकलाई कारबाही गरिएको छ ।
ट्राफिक प्रहरीका अनुसार लमजुङमा दुई हजार ३२१ जीप/कार/भ्यान चालक, एक हजार २२७ ट्रयाक्टर चालक, एक हजार १३५ ट्रक चालक र ६२३ बस चालक कारबाहीमा परेका छन् । रासस