शेयर बजार २ दशमलव ९१ अंकले ओरालो, कारोबार रकम १६ करोड ७७ लाख
आज शेयर बजार परिसूचक (नेप्से) २ दशमलव ९१ अंकले ओरालो लागेको छ ।
विकास ब्यांक, जलविद्युत् र फाइनान्सबाहेक अन्य सबै समूह ओरालो लागेपछि नेप्से १ हजार १९१.४७ विन्दुमा ओर्लिएको छ ।
बजारमा लगानीयोग्य रकमको अभाव सुध्रिदैं गएपनि नेप्सेले गति लिन सकेको छैन ।
आज जम्मा रु. १६ करोड ७७ लाखको मात्र कारोबार भएको छ । दिनभरिमा ५ लाख ७८ हजार ९३३ कित्ता शेयर किनबेच भएको छ ।
आजको कारोबारमा ब्यांकिङ समूह २ दशमलव २६, निर्जीवन बिमा २४ दशमलव ९५, जीवन बीमा २७ दशमलव ६१ तथा होटल १७ दशमलव १८ अंकले ओरालो लागेको छ ।
यद्यपि, विकास ब्यांक ३ दशमलव ११, जलविद्युत् २ दशमलव ९८ र फाइनान्स कम्पनी ० दशमलव ७८ अंकले बढेका छन् ।
सबैभन्दा धेरै एनएमबी ब्यांकको ७८ लाख ७८ हजार र नेपाल इन्भेष्टमेन्ट ब्याकंको ७१ लाख ९८ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।
आजको कारोबारबाट सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ताले ९ दशमलव ८६ प्रतिशतले गुमाएका छन् भने सिद्धार्थ इक्विटी ओरेन्टेड स्किमले ४ प्रतिशतले कमाएको छ ।