नेपाल वायुसेवा निगम टिकट इसेवाबाट
इसेवा फोन पे प्रा.लि. र नेपाल वायुसेवा निगमबीच अनलाइन टिकेटिङका लागि सम्झौता भएको छ। इसेवाका सिइओ रोशन लामिछाने र नेपाल वायुसेवा निगम (नेवानि) का महाप्रबन्धक सुगतरत्न कंसाकारले १४ साउनमा सम्झौतामा हस्ताक्षर लगत्तै नेवानिको आन्तरिक तथा बाह्य उडानका टिकट इसेवबाट खरिद गर्न सकिने भएको छ।
यसअघि इसेवाबाट बुद्ध एयर, श्री एयरलाइन्स्, यति एयरलाइन्स्, सिम्रिक एयर, सौर्य एयरलाइन्स्को टिकट खरिद गर्न सकिन्थ्यो।
नेपाल एयरलाइन्सले हालैमात्र २७४ सिटका वाइडबडी जहाज सञ्चालनमा ल्याएको छ। निगमको बजार विस्तारलाई अनलाइन टिकेटिङले अझ सहयोग पुर्याउने विश्वास दुवैपक्षको छ।