थप समाचारमंगलवार, श्रावण १५, २०७५

वडा कार्यालयलाई ५० लाखको जग्गा दान

हिमालखबर

झापामा एक दाताले रु ५० लाख मूल्य पर्ने जग्गा वडा कार्यालयलाई दान गरेका छन् ।

झापा, जुरोपानीका घनश्याम जोशीले गौरादह नगरपालिका–८ को वडा कार्यालय भवन निर्माणका लागि पाँच कट्ठा जग्गा दान गरेका हुन् ।

जोशीले उक्त जग्गा वडा कार्यालयको नाममा रजिष्ट्रेशन पास गरिदिएका छन् । मुख्य सडकबाट वडा कार्यालयसम्म पुग्न सहायक बाटोका लागि समेत निःशुल्क जग्गा दिने जोशीसँग सहमति भएको वडाध्यक्ष भूमिराज पोखरेलले जानकारी दिएका छन् ।

उक्त जग्गामा आगामी मंसीरदेखि वडा कार्यालयको भवन निर्माण थालिने छ ।

गौरादह नगरपालिकाको वडा नं १, ५, ६, ७ र ९ को आफ्नै भवन छ । वडा नं २, ३, ४ र ८ को वडा कार्यालयको कामकाज भने हाल भाडाको घरमा सञ्चालन हुँदै आएको छ । रासस

प्रतिकृया दिनुहोस