त्रिशूली जलविद्युत् केन्द्र पूर्ण क्षमतामा सञ्चालन
आगलागीको कारण उत्पादन रोकिएको त्रिशूली जलविद्युत् केन्द्रले पूर्णरुपमा विद्युत् उत्पादन गर्न थालेको छ ।
२६ असारमा आगलागी भएपछि पूर्णरुपमा विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले १३ साउनबाट पूर्णरुपमा उत्पादन गर्न थालेको हो ।
२४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्दको विद्युत् गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट ब्रेकरमा आगलागी भएको थियो ।
आगलागी भएपछि विदुर नगरपालिकासहित नुवाकोटका अधिकांश भागमा लगातार ३० घण्टा विद्युत् अवरुद्ध भएको थियो ।
आगलागीको कारण करीब एक करोडको क्षति भएको जनाइएको छ । रासस