वित्तीय साक्षरताका लागि ‘फिन–टिच’ सार्वजनिक हुँदै
वित्तीय साक्षरता बढाउने उद्देश्यसहित आन्ट्रप्रेनर्स नेपालले फाइनान्सियल टिच (फिन–टिच) नामक कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
आन्ट्रप्रेनर्स नेपालले ‘साक्षर मात्र होइन वित्तीय साक्षर बनौं’ भन्ने नाराका साथ करीब १५ करोड रुपैयाँको बजेटसहित उक्त कार्यक्रम अघि बढाउन लागेको हो ।
चारवर्ष लामो अनुसन्धानपछि विद्यालय स्तरको पाठ्यक्रम डिजाइन गरेर कार्यक्रम सार्वजनिक गर्न लागिएको आन्ट्रप्रेनर्स नेपाललका कोषाध्यक्ष तथा कार्यक्रम निर्देशक अस्मिता अधिकारीले जानकारी दिइन् ।
अनुसन्धानको क्रममा धेरै नेपाली युवाहरु वित्तीय साक्षरता अभावकै कारण उद्यमशिलतामा सफलता हासिल गर्न नसकेको निष्कर्ष पछि ‘फिन–टिच’ सार्वजनिक गर्न लागिएको संस्थाले जनाएको छ ।
कार्यक्रमले स्कूल, कलेजका विद्यार्थीदेखि उद्यमीहरुलाई वित्तीय रुपमा साक्षर बनाउने लक्ष्य राखेको छ ।
विशेषगरी फिन–टिचले ६ देखि ९ कक्षा तथा ११ र १२ कक्षाका विद्यार्थी र उद्यमशिलतामा लागेका व्यक्तिहरुलाई लक्षित गरेर पाठ्यक्रम डिजाइन गरेको जनाएको छ ।
जसले देशभरका स्कूलमा गएर १५ दिन, एक महीना र तीन महिना तालीम दिनेछ ।
सन् २०१४ मा स्थापना भएको आन्ट्रप्रेनर्स नेपालले उद्यमशिलता विकास सम्बन्धी काम गर्दै आएको छ ।
युवा तथा विद्यार्थीहरु वित्तीय रुपमा साक्षर हुँदा त्यसको प्रभाव उनीहरुको परिवारलाई पर्ने भएकाले पाठ्यक्रम नै तयार गरेर वित्तीय साक्षरतालाई अघि बढाउन लागिएको संस्थाले जनाएको छ ।