नेपालले आज लर्ड्स्मा दुइ टी–२० खेल्दै
नेपाली क्रिकेट टिमले आज, १३ साउन साँझ बेलायतको प्रतिष्ठित लर्डस् मैदानमा त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत दुइवटा टी–२० खेल खेल्दैछ ।
नेपाली समय अनुसार साँझ ६ बजे नेपालले मार्लबोन क्रिकेट क्लब (एमसीसी) सँग पहिलो खेल खेल्नेछ भने राति १०:१५ बजे नेदरल्याण्ड्ससँग दोस्रो खेलमा प्रतिस्पर्धा गर्नेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले यी खेललाई टी–२० अन्तर्राष्ट्रियको मान्यता दिएको छ । र, यो सन् २०१५ पछि नेपालले खेल्न लागेको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ ।
यो खेलपश्चात नेपाल आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्न नेदरल्याण्ड्स भ्रमणमा निस्कनेछ । नेपालले नेदरल्याण्ड्ससँग १६ र १८ साउनमा दुइ एकदिवसीय खेल खेल्नेछ ।