चितवन राष्ट्रिय निकुञ्जमा मात्रै तीन वर्षमा ११ बाघ मरे
चितवन राष्ट्रिय निकुञ्जमा तीन वर्षमा ११ वटा बाघ मरेका छन् ।
निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार २०७२ साउनदेखि २०७५ असारसम्म ६ वटा बाघ एकआपसमा जुधेर मरेका छन् ।
बाघको लागि आवश्यक क्षेत्रफल कम भएकोले जुधेर मरेको अर्यालको भनाइ छ ।
त्यस्तै सोही अवधिमा एउटा बुढो भएर, एउटा उपचारको क्रममा, एउटा विषादी खाएर मरेको छ भने दुई वटा बाघ मर्नुको कारण खुल्न सकेको छैन ।
अहिले निकुञ्जमा दुर्लभ पाटेबाघको संख्या १२० छ । रासस