यात्रुबाहक बस त्रिशुलीमा खस्यो
पृथ्वीराजमार्गको इच्छाकामना–३ मा बस त्रिशुली नदी किनारमा खस्दा ७ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेकाे ना ६ ख २५०६ नम्बरको बस मुग्लिन तर्फबाट गइरहेको ना ५ प ७४०९ को ट्रकसँग करिब १२ बजे ठोक्किंदा बस त्रिशुली किनारमा खसेको हो ।
दुर्घटनाका घाइतेहरुलाई भरतपुर अस्पताल लगिएको छ ।