नबिल ब्यांकका १२ नयाँ शाखा
नबिल ब्यांक लिमिटेडले एकैसाथ १२ नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । ब्यांकले प्रदेश–५ मा एक, कर्णाली प्रदेशमा पाँच र प्रदेश–७ मा छ वटा शाखाको उद्घाटन गरेको हो ।
काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ शाखाको इलेक्ट्रिक उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा मन्त्री खतिवडाले समृद्ध नेपाल सुखी नेपालीका लागि वित्तीय समावेशिता र ब्यांकिङ पहुँच अत्यावश्यक रहेको बताए ।
नयाँ शाखाबाट ब्यांकिङ सेवाका साथै सामाजिक सुरक्षा भत्ताको भुक्तानी समेत दिइने ब्यांकले जनाएको छ । नबिल ब्यांकका ७४ वटा शाखा र ११५ वटा एटीएम काउन्टर रहेका छन् ।
नयाँ खुलेका शाखाहरुः
सम्मरीमाई गाउँपालिका रुपन्देही प्रदेश–५
तिला गाउँपालिका जुम्ला कर्णाली प्रदेश
दार्मा गाउँपालिका सल्यान कर्णाली प्रदेश
पचालझरना गाउँपालिका कालिकोट कर्णाली प्रदेश
बराहताल गाउँपालिका सुर्खेत कर्णाली प्रदेश
पलाता गाउँपालिका कालिकोट कर्णाली प्रदेश
पन्चेश्वर गाउँपालिका बैतडी प्रदेश- ७
रामारोशन गाउँपालिका अछाम प्रदेश- ७
सायल गाउँपालिका डोटी प्रदेश- ७
तुर्माखाँद गाउँपालिका अछाम प्रदेश- ७
आलिताल गाउँपालिका डडेलधुरा प्रदेश- ७
वित्थडचिर, गाउँपालिका बजाङ प्रदेश- ७