गण्डकी प्रदेशमा पर्यटकीय फोटो प्रतियोगिता (उत्कृष्ट तस्वीरसहित)
कास्कीको पोखरामा ‘गण्डकी प्रदेश पर्यटकीय फोटो पत्रकारिता’को आयोजना गरिएको छ ।
गण्डकी प्रदेशको पर्यटन, उद्योग, वन तथा वातावण मन्त्रालयले आयोजना गरेको प्रतियोगितामा पर्यटकीय गतिविधि विधामा मेरिट महर्जनले खिचेको माछापुच्छ्रेको तस्वीर पहिलो भएको छ ।
त्यस्तै देव डंगोलले पोखरा नजिक अष्ट्रेलियन क्याम्पबाट खिचेको ‘मिल्की वे’को तस्वीर दोस्रो भएको छ ।
तेस्रो स्थान हाँसिल गरेको उपल्लो मुस्ताङमा घोडा कुदाइरहेको तस्वीर आदित्य चन्दले खिचेका हुन् ।
प्रतियोगितामा पर्यटकीय गतिविधि विधामा ११९ र पर्यटकीय गन्तव्य विधामा ३३९ वटा तस्वीर प्रतिस्पर्धामा थिए ।
युवराज श्रेष्ठ, पोखरा