खेलकुदबुधवार, श्रावण ९, २०७५

फिफा वर्ष खेलाडीमा १० मनोनित, नेयमार परेनन्

हिमालखबर

विश्व फूटबलको सर्वोच्च निकाय (फिफा) ले फिफा वर्ष खेलाडीका लागि १० जनाको मनोनयन सार्वजनिक गरेको छ ।

फिफाले मंगलबार राति १० खेलाडीको मनोनयन सार्वजनिक गरेको हो ।

फिफाले सार्वजनिक गरेको १० खेलाडीमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो, अर्जेन्टिनाका लिओनल मेसी, फ्रान्सका केलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान र राफायल भाराने परेका छन् ।

यसैगरी बेल्जियमका इडेन हाजार्ड, केभिन डी बरुएन, इंग्ल्यान्डका ह्यारी केन, क्रोएसियाका लुका मोड्रिच र इजिप्टका मोहमद सलाह सूचीमा परेका छन् । १० जनाको सूचीमा ब्राजिलका नेयमार भने पर्न सकेका छैनन् ।

फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकार र फूटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गर्दै आएको छ ।

३ जुलाई २०१७ बाट १५ जुलाई २०१८ सम्म खेलाडीले क्लब र राष्ट्रको लागि खेल्दा गरेको प्रदर्शनको आधारमा मनोनयन गरिएको फिफाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस