पाकिस्तानमा प्रधानमन्त्री चयनका लागि आज निर्वाचन हुँदै
इस्लामाबाद (एजेन्सी)– पाकिस्तानमा आज बुधबार प्रधानमन्त्री चयनका लागि आम निर्वाचन हुँदैछ। निर्वाचन बिहान आठ बजेदेखि सुरु भएको छ। पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेको रिपोर्ट अनुसार यसपालि केन्द्रीय चुनावमा ३ हजार ४ सय ५९ उम्मेदवार २ सय ७२ सिटका लागि मैदानमा उत्रिएका छन्।
यस्तै, पञ्जाव, सिन्ध, बलूचिस्तान र खैबर–पख्तून प्रान्तमा पनि आजै प्रान्तीय निर्वाचन हुँदैछ। यी प्रान्तमा ५ सय ७७ सिटका लागि ८ हजार ३ सय ९६ उम्मेदवार चुनावी मैदानमा छन्। पाकिस्तानमा १० करोड बढी मतदाता छन्।
निर्वाचनका लागि देशभरी ८५ हजार मतदान केन्द्र निमार्ण गरिएको र मतदान बिहान ८ बजेबाट सुरु भएर ६ बजे समाप्त हुने निर्वाचन आयोगले जनाएको छ। भोटिङ मेसिनबाट हुने मत गणनाको परिणाम २४ घण्टाको भित्र आइसक्ने पनि आयोगले बताएको छ।
निर्वाचनको सुरक्षाका लागि ३ लाख ७१ हजार ३ सय ८८ सेना खटिएका छन्। पाकिस्तानमा निर्वाचनका क्रममा यति ठूलो संख्यामा पहिलो पल्ट सेना खटाइएको हो।