एस्थेटिक डर्म्याटोलोजी सोलुसन सार्वजनिक
अल्मा लेजर्सको एशियाली सब्सिडायरी अल्मा मेडिकल प्रालिले एस्थेटिक तथा सर्जिकल उपकरण सार्वजनिक गरेको छ ।
काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी लेजर लाइटको आविष्कारक, एस्थेटिक तथा सर्जिकल उपचारका लागि प्रकाशमा आधारित रेडियो फ्रिक्वेन्सी र अल्ट्रासाउण्ड सोल्यूशन्सका उत्पादक अल्माले एस्थेटिक तथा सर्जिकल उपकरण नेपाली बजारमा उपलब्ध गराउने घोषणा गरेको हो । रौँ हटाउने, दाग धब्बा निवारण तथा सोरियासिस र भिटिलिगोको उपचारका लागि प्रयोग हुने उपकरणहरु उपलब्ध गराउने जानकारी दिएको छ ।
साथै स्त्री कायाकल्प, भास्कूलरलगायत सम्बन्धित मेसिनहरु पनि नेपाली बजारमा उपलब्ध हुने जनाएको छ । नेपाली बजारमा उत्पादनहरुको बजारिकरण सेन्ट्रल सर्जिकल कन्सर्न प्रालिले गर्ने छ कम्पनीले जनाएको छ ।
काठमाडौंमा भएको सार्क एसोसिएशन अफ एस्थेटिक डरम्याटोलोजी (एएडी) सम्मेलनको अवसरमा सार्वजनिक गरिएको कार्यक्रममा सार्क एएडीका अध्ययक्ष अनिल गञ्जू, कम्पनीका बौण्ड एम्बेसेडर तथा बलिउड अभिनेत्री गौहर खान, सार्क एएडीका सचिव सुदिप पराजुलीलगायत अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए ।
कार्यक्रममा बोल्दै इयाल बचबाइण्डरले एस्थेटिक डम्र्याटोलोजीमा एसिया अहिले तिब्र गतिमा अगाडी बढीरहेको बताउँदै आफ्ना ब्यवसायका लागि एक प्रमुख बजार रहेको बताए । विश्वका ८० देशमा उपस्थिती जनाइसकेका यी उत्पादनका लागि नेपाल नयाँ तर महत्वपूर्ण बजार भएको उनले जानकारी दिए ।