हाइड्रोपावरको बाँध भत्कीँदा सयौँ बेपत्ता
बैंकक– दक्षिणपूर्व लाओसमा निर्माणाधीन एउटा हाइड्रोपावरको बाँध भत्कीँदा सयौँ बेपत्ता भएका छन्।
घटनामा परी मृत्यु हुनेको संख्या यकिन हुन नसकेको अधिकारीलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
अत्यधिक वर्षासँगै आएको बाढी पहिरोका कारण बाँधको पर्खाल भत्कीएको निर्माणकर्ताहरूले जानकारी दिएका छन्।
सो बाँधबाट कम्तीमा ६ वटा गाँउका बासिन्दालाई प्रभाव पारेको अधिकारीहरूले मंगलबार बताए।
सोमबार बेलुका कम्बोडियाको सीमा क्षेत्रमा पर्ने ठाउँमा भएको यो घटनाका कारण ६ हजार ६ सय स्थानीय बासिन्दा घरबार बिहीन भएको पनि समाचारमा जनाइएको छ।