जापानमा गर्मीले थप ३५ जनाको मृत्यु
टोक्यो (एजेन्सी)– जापानमा अत्यधिक गर्मीका कारण थप ३५ जनाको निधन भएको छ। दुई दिनअघि गर्मीकै कारण ३० जनाको निधन भएको थियो। गर्मीका कारण हालसम्म ६५ जनाले ज्यान गुमाएको जापानी समाचार संस्थाहरूले जनाएका छन्।
अधिक गर्मीका कारण शहरमा रोगको प्रकोप बढेको पनि समाचारमा उल्लेख छ। रोग संक्रमणको उपचार गराउन २२ हजारभन्दा बढी स्थानीय अस्पतालमा भर्ना भएको प्रकोप नियन्त्रण विभागले जनाएको छ।
सोमबार मात्र टोक्यो शहरभन्दा केही बाहिर कुमागाया शहरको सैतामा गर्मी ४१.१ डिग्री सेल्सिय मापन गरिएको थियो।