सामान्य अंकले बढ्यो शेयर बजार
आज शेयर बजारमा सामान्य सुधार देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक परिसूचक (नेप्से) ४.७७ बिन्दुले बढेर एक हजार १९९.२७ बिन्दुमा पुगेको छ ।
आज ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.३६ बिन्दुले बढेर २५२.६८ बिन्दुमा पुगेको छ । कूल १६० कम्पनीको ११ लाख ८९ हजार ६८९ कित्ता शेयर रु २९ करोड ४१ लाख ८२ हजार ३४८ मूल्यमा खरीद बिक्री भएको छ ।
७ साउनको तुलनामा आज कारोबार रकममा वृद्धि भएको हाे । ७ साउनमा रु १८ करोड ६५ लाख २६ हजार ५३५ मूल्यमा खरीद बिक्री भएको थियो ।
आज दुई उपसमूहको कारोबार घटेको छ भने नौ उपसमूहको शेयर कारोबार बढेको छ ।
ब्यांकिङ ५.२६, व्यापार ०.४२, होटल ४९.४२, विकास ब्यांक २.८५, जलविद्युत् ३.२४, वित्त २.५९, निर्जीवन बीमा १९.८९, अन्य २.२६, बीमा २०.६१ बिन्दुले बढ्दा उत्पादन १९.७४ र माइक्रोफाइनान्स समूह ०.७ बिन्दुले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जले १ साउनदेखि अनलाइन कारोबार प्रणाली लागू गरेको छ ।