उत्तर कोरियासँग वार्तापछिको प्रगतिबाट ट्रम्प सन्तुष्ट
वासिङटन– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्तापछि भएको प्रगतिबाट आफू अत्यन्त खुशी भएको बताएका छन्।
‘नौ महिनासम्म उत्तर कोरियाले एउटा पनि प्रक्षेपण गरेको छैन, न त कुनै परमाणु परीक्षण नै गरेको छ,’ वार्तापछिको वस्तुस्थितिको विश्लेषण गर्दै ट्रम्पले भने। उनले उत्तर कोरियाको पछिल्लो भूमिकाबाट विशेष गरी जापानमा बढी खुशीयाली छाएको र पूरै एसिया नै खुशी भएको बताए।
तर, भ्रामक समाचारले आफूलाई सताइरहेको ट्रम्पको भनाई थियो। आफूलाई सोध्दै नसोधी वा आफूसँग कुनै कुरै नगरी अस्पष्ट स्रोतलाई उल्लेख गर्दै आएका समाचारले रिस उठने गरेको उनले जानकारी दिए।
‘त्यो गलत हो, म भने अत्यन्त खुशी छु’ उनले सोमबार पत्रकारहरूसँग संक्षिप्त कुराकानीमा भने।
एएफपी–रासस