हरिणको मासुसहित दुई पक्राउ
मोरङको कानेपोखरी गाउँपालिका–७ दही खोलाबाट प्रहरीले हरिणको २५ किलो मासुसहित दुई जनालाई पक्राउ गरेको छ ।
हरिणको मासु को १ ज २४८५ नम्बरको म्याजिक भ्यानमा राखेर लैजान लागेका अजय चौधरी र मोहनप्रसाद सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो ।
दुवैजनालाई आवश्यक कारबाहीका लागी इलाका वन कार्यालय कानेपोखरीमा बुझाइएको प्रहरीले जनाएको छ ।
तराई क्षेत्रको जंगलमा पाइने हरिण संरक्षित वन्यजन्तुको सूचीमा पर्ने जनावर हो ।
कमल रिमाल, विराटनगर