सलाहले आफ्नो गोलरक्षकलाई भने– दह्रोसँग उभिउ
लन्डन (एजेन्सी)– लिभरपुलका चर्चित फरवार्ड मोहम्मद सलाहले इङ्लिस प्रिमियर लिगको आगामी सत्र अगाडि आफ्नो टिमका गोलरक्षक लोरिस कारियसलाई आत्मविश्वास जगाउने सन्देश पठाएका छन्।
उनले फुटबलको नयाँ सत्र अगाडि गोलरक्षक लोरिसलाई पुरानो गल्ती बिर्सन सुझाव दिँदै भनेका छन्, ‘त्यस्ता व्यक्तिको वास्ता नगर, जसले घृणा गर्छन।’
आइतबार जर्मनी क्लब बोरुसिया डर्टमुन्डसँग ३–१ ले पराजित हुँदा २५ वर्षीय लोरिसले तेस्रो गोल आफ्नो गल्तीका कारण खाएका थिए। यसअघि मेमा भएको च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडसँग पराजित हुँदा उनले दुईवटा ठूलो गल्ती गरेका थिए।
‘दह्रोसँग उभिउ कारियस, यस्तो घटना महान खेलाडीसँग पनि हुन्छ’ उनले लेखेका छन्। सलाह लिभरपुलको प्रभावशाली खेलाडी मानिन्छन।
लिभरपुलले नयाँ सिजनका लागि ब्राजिलियन गोलरक्षक एलिसनलाई ६९ मिलियन पाउण्डमा भित्र्याएपछि लोरिसले आगामी सिजन मौका पाउने सम्भावना कमजोर छ।