पूर्वराष्ट्रपति यादवले भेटे डा. केसीलाई
पूर्वराष्ट्रपति डा. रामवरण यादवले अनशनरत डा गोविन्द केसीसँग भेट गरेका छन् ।
आज पूर्वराष्ट्रपति यादव अनशनस्थल त्रिवि शिक्षण अस्पताल पुगेर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
डा. केसीले स्वास्थ्य जाँच समेत गराउन मानेका छैनन् ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसी १६ असारदेखि जुम्लामा अनशन बसेका थिए ।
सरकारले ३ साउनमा केसीलाई जुम्लाबाट काठमाडौँ ल्याएको हो ।
१५औं पटक अनशन बसेका डा केसी र सरकारबीच वार्ताको वातावरण समेत बन्न सकेको छैन् ।