ग्राण्डी अस्पतालको छतमा दुर्घटनाग्रस्त हेलिकप्टर अर्को हेलिकप्टरबाट तल झारियो (भिडियोसहित)
१५ असारमा ग्राण्डी अस्पतालको छतमा अवतरण गर्दा दुर्घटनाग्रस्त भएको सिम्रिक एयरको हेलिकप्टर आज अर्को हेलिकप्टरको मद्दतबाट अस्पतालको छतबाट तल झारिएको छ ।
अस्पतालको १४ तल्ला माथि छतमा रहेको दुर्घटनाग्रस्त हेलिकप्टर सिम्रिक एयरको इन्जिनियरिङ तथा रेस्क्यु टिमले अर्को हेलिकप्टरको सहायतामा हटाएको हो ।
हेलिकप्टर हटाइसकेपछि अस्पतालको रुफटप हेलिप्याड सुरक्षित भइसकेको अस्पतालले जनाएको छ ।
अस्पतालको मेडिकल टिम लिन आएको सिम्रिक एयरको नाइन एन-एलआर कल साइनको हेलिकप्टर १५ असार दिउँसो अस्पतालको हेलिप्याडमा ल्याण्ड गरिसकेपछि अचानक दक्षिण तर्फको कुनामा छानोमै झरेको थियो ।