अफगानिस्तानमा विमानस्थलनजिकै आत्मघाती बिस्फोट, २३ को मृत्यु
काबुल– अफगानिस्तानको राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै आइतबार भएको आत्मघाती आक्रमणमा परी ज्यान गुमाउनेको संख्या २३ पुगेको छ।
विमानस्थलको प्रवेशद्वारमा भएको आक्रमणमा एएफपी समाचार समितिका ३१ वर्षीय सवारी चालक मोहमद अख्तारको समेत मृत्यु भएको बताइएको छ। आक्रमणमा १ सय ७ जना घाइते भएका छन्।
निर्वासनमा रहेका अफगान उपराष्ट्रपति अब्दुल रसिद दोस्तुमलाई स्वागत गर्न जम्मा भएका समूहमाथि लक्षित गर्दै आक्रमण गरिएको थियो।
एक प्रत्यक्षदर्शीले आफूले जीवनमा पहिलो पटक यसप्रकारको आत्मघाती आक्रमण देखेको एएफपी समाचार समितिलाई बताएका छन्।
मारिएका व्यक्तिमा सुरक्षा बल र ट्राफिक प्रंहरी पनि रहेका काबुल प्रहरी प्रवक्ताले जानकारी दिए।
शुरुमा १४ व्यक्तिको मृत्यु हुनाका साथै ६० घाइते भएको समाचार सार्वजनिक भएको थियो।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार हाल २३ को मृत्यु भइसकेको छ। घाइतेमध्ये केही व्यक्तिको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने मन्त्रालयले बताएको छ। आक्रमणको इस्लामिस्क स्ट्टेस (आइएस) ले जिम्मा लिएको छ।
रासस–एएफपी