पर्सामा एक अर्ब १५ करोड रकम फ्रिज, असारमा मात्रै ३२ प्रतिशत बजेट खर्च
गत आर्थिक वर्ष २०७४/०७५ मा पर्सा जिल्लामा चालू र पुँजीगत गरी एक अर्ब १५ करोड रुपैयाँ फ्रिज भएको छ ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७४/०७५ मा पर्साका लागि पुँजीगततर्फ पाँच अर्ब ८१ करोड र चालूतर्फ आठ अर्ब ४४ करोड बजेट विनियोजन गरेको थियो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका अनुसार असार महीनामा मात्रै कूल बजेटको ३२ प्रतिशत रकम खर्च भएको छ ।
पर्सामा आर्थिक वर्ष २०७३/०७४ मा करीब ४८ प्रतिशत रकम फ्रिज भएको थियो ।
जियालाल साह, पर्सा