बनेपामा टिप्परले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ चारदोबाटो चोकमा टिप्परले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आज बनेपाबाट धुलिखेलतर्फ गइरहेको टिप्परले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घटना लगत्तै स्थानीयले टिप्परमा आगो लगाएका छन् ।
प्रहरीले टिप्पर चालक नुवाकोट विदुर नगरपालिका–१ का सुधन श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।