सभामुखको जेनेभा भ्रमण रद्द
सभामुख ओनसरी घर्तीले स्विट्जरल्यान्डको जेनेभा भ्रमण रद्द गरेकी छन् ।
व्यवस्थापिका–संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)का प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सभामुख घर्तीले जनेभा भ्रमण रद्द गरेकी हुन । स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर व्यवस्थापिका–संसद्सम्बन्धी सम्मेलनमा सहभागी हुन ५ कात्तिकमा जेनेभा जाने कार्यक्रम तय भएको थियो । कात्तिक ७ देखि ११ सम्म सम्मेलन हुदैछ ।
यसैबीच व्यवस्थापिका संसदको कार्य सूची अनुसार ४ कात्तिकमा कार्कीमाथिको महाअभियोगको प्रस्तावका विषयमा हुने भनिएको छलफल संसद बैठकका नबस्दा स्थगित भएको छ । संसद सचिवालयले सूचना टाँस गरेर ७ कात्तिक बिहान ११ बजे सम्मका लागि संसद बैठक सरेको जनाएको छ ।
अदुअआका प्रमुख आयुक्त कार्कीलाई महाअभियोग लगाउने विषयमा दलहरुका बीचमा छलफल आवश्यक भएकाले संसद वैठक सारिएको सभामुख घर्तीले जानकारी दिएकी छन् ।