बैक ठगीका अभियुक्त २ वर्षपछि प्रहरी फन्दामा
काठमाडौँ– बैक ठगीको मुद्धामा दुई वर्षदेखि फरार धादिङ निवासी ५५ वर्षीय गेहेन्द्रबहादुर मल्ललाई प्रहरीले आइतबार पक्राउ गरेको छ। नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले मल्ललाई सुन्धाराबाट पक्राउ गरेको हो।
प्रहरीले उनलाई डिल्लीबजार जेल चलान गरिसकेको छ। मल्ललाई २०७३ कात्तिकमा सर्वोच्च अदालतले ठगी मुद्धामा एक करोड ४ लाख ७५ हजार जरिवाना सुनाएको थियो।
मल्लले बैक कर्मचारीसँगको मिलेमतोमा पिजी स्टोर्स र सानिमा फर्निचर नामका कम्पनीको कमसल धितोलाई अस्वभाविक मूल्याङ्कन गराई विभिन्न मितिमा दुई करोड नौ लाख ५० हजार कर्जा निकाशा गरी उपयोग गरेका थिए।