सम्पादकहरुले भने, 'डा. केसीका माग अविलम्ब पूरा गर'
देशका प्रमुख मिडियाका सम्पादकहरुले डा. गोविन्द केसीलाई भेटेर उनको सत्याग्रहप्रति ऐक्यवद्धता जनाएका छन् ।
आज, ६ साउनमा अनशनस्थल त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका सम्पादकहरुले जारी गरेको अपिलमा उल्लेख छ, “हामी डा. केसीको सत्याग्रहप्रति ऐक्यबद्धता जनाउँछौ साथै उहाँका माग अविलम्ब सम्बोधनका लागि जोडदार माग गर्छौं ।”
अपिल
डा. गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि गरिरहेको आमरण अनशनप्रति हामी चिन्तित छौं ।
यसअघिका सबै मुख्य दलहरुका सरकारले मागमा सहमति गरे पनि कार्यान्वयन नगरेका कारण सत्याग्रहको शृंखला १५ औं पटक पुगेको छ ।
यसले गर्दा पटकपटकको अनशन र लम्बिंदो उपक्रमले डा. केसीको जीवन नै संकटमा परेको छ । हामी डा. केसीको सत्याग्रहप्रति ऐक्यबद्धता जनाउँछौ साथै उहाँका माग अविलम्ब सम्बोधनका लागि जोडदार माग गर्छौं ।
तपसील
१) अमित ढकाल, प्रधान सम्पादक, सेतोपाटी डटकम
२) कृष्ण ज्वाला देवकोटा, सम्पादक, नयाँ पत्रिका दैनिक
३) गोविन्द अधिकारी, कार्यकारी सम्पादक, बाह्रखरी डटकम
४) नारायण वाग्ले, प्रधान सम्पादक, कान्तिपुर दैनिक
५) किरण नेपाल, सम्पादक, हिमाल खबरपत्रिका
६) राजेश केसी, प्रवन्ध सम्पादक बाह्रखरी डटकम
७) प्रतीक प्रधान, प्रधान सम्पादक, बाह्रखरी डटकम
८) सुधीर शर्मा, पूर्व प्रधान सम्पादक, कान्तिपुर दैनिक
९) सुवास घिमिरे, सम्पादक, रिपब्लिका दैनिक
१०) गुणराज लुइँटेल, प्रधान सम्पादक, नागरिक दैनिक
११) अखिलेश उपाध्याय, प्रधान सम्पादक, द काठमाडौं पोष्ट दैनिक
१२) राजाराम गौतम, सम्पादक, अन्नपूर्ण दैनिक
१३) प्रकाश रिमाल, प्रधान सम्पादक, द हिमालयन टाइम्स दैनिक
१४) प्रशान्त अर्याल, प्रधान सम्पादक कान्तिपुर टेलिभिजन