एनसेल का सेवामा दूरसञ्चार सेवा शुल्क
एनसेल ले सबै सेवाका मूल्यमा नयाँ दूरसञ्चार सेवा शुल्क दर समायोजन गरेको छ ।
कम्पनीले १ साउनदेखि सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क बमोजिम सेवाको मूल्य समायोजन गरेको हो ।
एनसेल ले सुलभ दरमा डेटा र भ्वाइस सेवा दिनका लागि नयाँ योजना पनि सार्वजनिक गरेको छ ।
१ साउनदेखि ९० दिनका लागि लागू हुने नयाँ योजनामा दैनिक, तीनदिने, साप्ताहिक, मासिक डेटा र भ्वाइस प्याकहरु छन् ।