नेपाल इन्भेष्टमेण्ट ब्यांकले पायो युरोमनी एक्सिलेन्स अवार्ड
नेपाल इन्भेष्टमेण्ट ब्यांकले युरोमनी एक्सिलेन्स–उत्कृष्ट ब्यांक नेपाल २०१८ अवार्ड पाएको छ ।
प्रतिष्ठित अंग्रेजी आर्थिक मासिक पत्रिका युरोमनीले हङकङमा ब्यांकलाई यो अवार्ड दिएको हो ।
संस्थाको सेवा, सुविधा तथा वित्तीय अवस्थाको मूल्यांकनपछि युरोमनीले यस्तो अवार्ड दिएको ब्यांकले जनाएको छ ।