सामसङ को ग्यालेक्सी जे–४ बजारमा
सामसङ इलेक्ट्रोनिक्सले जे सिरिज अन्तर्गतको ग्यालेक्सी जे–४ बजारमा ल्याएको छ ।
यूनिक एड्भान्स मेमोरी म्यानेजमेन्ट रहेको यो फोनमा तस्वीर, भिडियो र सोसल मिडियाका सामग्री स्वतः मेमोरी कार्डमा सुरक्षित हुन्छन् ।
यसमा एड्जस्टेबल फ्ल्यास, १३ मेगापिक्सलको रियर क्यामेराका साथ एफ १.९ एपरचर छ ।
एन्ड्रोइड ओरेओ ८.० अपरेटिङ्ग सिस्टम रहेको मोबाइल १६ तथा ३२ जीबी स्टोरेज क्षमताका गरी दुई सेग्मेन्टमा उपलब्ध छ ।
३००० एमएएच ब्याट्री सहितको मोबाइलको मूल्य क्रमशः रु. १७ हजार २९० र रु.२० हजार ६९० तोकिएको छ ।