विश्व हिन्दू महासंघका अध्यक्ष भरत केशर रहेनन्
काठमाडौँ– विश्व हिन्दू महासंघ अन्तर्रा्ष्ट्रिय समितिका अध्यक्ष भरतकेशर सिंहको उपचारका क्रममा आइतबार बिहान निधन भएको छ।
पिसासम्बन्धी रोगका कारण उनलाई बयोधा अस्पतालमा भर्ना गरिएको थियो। तर, उनको शरीरमा निमोनिया पनि देखिएको थियो।
८२ वर्षीय सिंहको ह्दयघातका कारण निधन भएको महासंघका महासचिव अस्मिता भण्डारीले जानकारी दिइन।
सिंहको महासंघमा यो दोस्रो कार्यकाल थियो। नेपाली सेनाका पूर्वउपरथी सिंहले शाही पाश्र्ववर्तीका रुपमा समेत काम गरेका थिए।
सिंहको आइतबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने महासंघले जनाएको छ।