डा.केसीका पक्षमा सामूहिक नागरिक सत्याग्रह शुरु
चिकित्सा शिक्षामा जारी बेथिति अन्त्यको माग गर्दै १५ औं पटक अनशनमा रहेका डा. गोविन्द केसीका समर्थनमा काठमाडौंको वसन्तपुरमा ‘सामूहिक नागरिक सत्याग्रह’ शुरु भएको छ ।
आज, ६ साउन बिहान ११ बजे शंख फुकेर शुरु भएको सत्याग्रह साँझ पाँच बजेसम्म चल्नेछ। सत्याग्रहमा नागरिक समाजका विभिन्न व्यक्तित्व सहभागी छन् ।
सत्याग्रहमा सहभागी डा. सुमन आचार्यका अनुसार सरकारले डा. केसीका माग पूरा नगरेसम्म सत्याग्रह जारी रहनेछ ।
यसअघि शनिबार डा. केसीको समर्थनमा माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विभिन्न संघ–संस्था तथा राजनीतिक दल सम्बद्ध व्यक्तिले प्रदर्शन गरेका थिए।
२३ दिनदेखि अनशनरत डा. गोविन्द केसीले सरकारले संसदमा संशाेधनसहित दर्ता गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता गर्नुपर्ने लगायतका सात बुँदे माग राखेका छन् ।
रामु सापकोटा