नयाँ बानेश्वरमा वारी झडप, पारी शान्तिपूर्ण सभा
सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको तरुण दल र प्रहरीबीच झडप भएको छ ।
माइतीघरबाट र्याली निकालेको तरुण दलले नयाँबानेश्वर पुगेर निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो ।
झडपमा तरुण दलका अध्यक्ष जीतजंग बस्नेतसहित केही कार्यकर्ता र प्रहरीसमेत घाइते भएका छन् ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही थान अश्रुग्यास समेत प्रहार गरेको छ ।
नयाँबानेश्वरको इन्द्रेणी फुड ल्याडतर्फ तरुण दल र प्रहरीबीच झडप भएपनि एभरेष्ट होटलतर्फ डा. गोविन्द केसीका समर्थकहरुले गरिरहेको कोण सभा भने शान्तिपूर्ण रुपमा भइरहेको छ ।
पढ्नुहाेस् ।
गोविन्द केसीको समर्थनमा हजारौं सडकमा