राहुल गान्धीले पहिलो पल्ट अंकमाल गरे प्रधानमन्त्री मोदीलाई
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेस अध्यक्ष राहुल गान्धीले पहिलो पल्ट प्रधानमन्त्री नरेन्द्र मोदीलाई अंकमाल गरेका छन्। यो घटनाले भारतीय समाज एकपल्ट तरंगित भएको छ।
भारतको तल्लो सदन लोकसभाको अधिवेशनमा सहभागी हुने क्रममा शुक्रबार संसद भवनको बैठक कक्षमा राहुलले प्रधानमन्त्री मोदीलाई अनपेक्षित अंकमाल गरेका थिए।
भारतीय संसद्मा प्रधानमन्त्री मोदीविरूद्ध विहिबार प्रतिपक्षी दल कंग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएको भोली पल्ट राहुलले मोदीलाई अंकमाल गरेका हुन्।
प्रधानमन्त्री बसेकै ठाउँमा गएर राहुलले प्रधानमन्त्रीलाई अंकमाल गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
विपक्षी दल कंग्रेसले उक्त प्रस्ताव दर्ता गराएसँगै संसद् चल्न नदिने भन्दै संसदमा अवरोध पनि गरेको थियो।
अवरोधप्रति असन्तुष्टी जनाउँदै प्रधानमन्त्री मोदीले संसद्को काम कारबाहीलाई अबरुद्ध नगर्न आग्रह गरेका थिए।
शुक्रबार बिहान ट्वीट गरेर मोदीले संसदीय कामकाज सुनिश्चित गर्न राजनीतिक दलसँग आग्रह गरेका थिए।
यो संसदको वर्षे अधिवेशन भएकाले यसले कानून निर्माणदेखि अरू धेरै काम गर्नुपर्ने हुन्छ। उनले सरकार कुनै पनि दलले उठाएका जुनसुकै विषयमा छलफल गरी समाधान निकाल्न तयार भएको भन्दै संसद् चल्न दिन आग्रह गरेका थिए।
रासस–एएफपी