डा केसीको माग पूरा गर्न बारको आग्रह
नेपाल बार एशोशिएशनले प्रा डा गोविन्द केसीको माग तत्काल सम्बोधन गर्दै जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ।
बारका महासचिव खम्मबहादुर खातीले शुक्रबार विज्ञप्ति जारी गरी नागरिकको जीउधनको सुरक्षा, स्वतन्त्रता तथा मानवाधिकार रक्षाप्रति सरकार र सम्बन्धित पक्षलाई पूर्ण उत्तरदायी र जिम्मेवार बन्न आग्रह गरेका छन्।