दक्षिणी सिरियामा रोकिएन विस्थापितको संख्या, २ लाख ७० हजार विस्तापित
विगत सात वर्ष लामो हिंसाका कारण सिरियाको दक्षिणी भेगमा फैलिएको द्वन्द्वका कारण विस्थापित हुने क्रम झनै बढ्दो मात्रामा छ।
द्वन्द्वका कारण दक्षिणी भेगबाट मात्र केही महिनायता २ लाख ७० हजार नागरिक विस्थापित भएका छन्।
सिरियाको हिंसामा सबैभन्दा बढी प्रभावित दक्षिणी भेगका नागरिक छन्। तीन महिनायता यो स्थानबाट करिब तीन लाख नागरिक विस्तापित भएको संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार जनाएको छ।
‘दक्षिणी सिरियामा भएको लडाइँमा विस्थापित हुनेको संख्या झण्डै तीन लाख पुगेको छ र अनुमान गरिएभन्दा बढी पनि हुनसक्छ’, अम्मानस्थित राष्ट्रसंघीय निकाय यूएनएचसीआरका प्रवक्ता मोहम्मद हवारीले जानकारी दिए।
विद्रोहीको नियन्त्रणमा रहेको दक्षिणी सिरियाको डारा प्रान्तमा सरकारी सुरक्षाकर्मीले आक्रमणलाई तीब्र पारेपछि द्वन्द्व फेरि बल्झिएको हो।
रासस–एएफपी