अमेरिकी राष्ट्रपतिले दिए पुटिनलाई अमेरिका भ्रमणको निम्तो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन्।
उनले रुसी राष्ट्रपति पुटिनलाई अमेरिकामा स्वागत गर्न आफू आतुर रहेको बताएका छन्। हालै भएको भेटमा उनले शरद ऋतुमा पुटिनलाई निमन्त्रणा दिएको खुलासा
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका पदाधिकारीले जानकारी दिएका हुन्।
ह्वाइट हाउसका पदाअधिकारीले पुटिनको सम्भावित अमेरिकी भ्रमणको तयारी पनि सुरु गरिएको जनाएका छन्।
दुई राष्ट्रपतिबीच फिनल्याण्डको राजधानी हेल्सिन्कीमा भएको भेटवार्तामा केही विषयलाई लिएर विवाद पनि चर्किएको थियो। भेटवार्तालाई कतिपयले उपलिब्धमूलक मानेका छन्।
अमेरिकी राष्ट्रपतिको निम्तोको विषयमा रुसको प्रतिक्रिया आइसकेको छैन।
गत सोमबार हेल्सिन्की वार्तामा रुसी राष्ट्रपतिले अमेरिकी नागरिकलाई रुसले सोधपुछ गर्न पाउनुपर्ने भनी राखेको प्रस्ताव ट्रम्पले अस्वीकार गरेका थिए।
रासस–एएफपी