शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक महराद्वारा राजीनामा
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक प्राध्यापक डा. दीपक महराले पदबाट राजीनामा दिएका छन् ।
चिकित्साशास्त्र अध्ययन् संस्थानका डीन प्राध्यापक डा. जगदीशप्रसाद अग्रवाल समक्ष राजीनामा बुझाएका महराले व्यक्तिगत कारणले राजीनामा दिनुपरेको उल्लेख गरेका छन् ।
चार वर्षे पदावधि एक महीनाअघि नै समाप्त भए पनि त्रिवि कार्यकारी परिषदले अर्को व्यवस्था नभएसम्मका लागि उनको पदावधि तीन महीना थप गरेको थियो ।