पश्चिमी नवलपरासीको महेशपुर छोटी भन्सारबाट ८ करोड राजश्व संकलन
पश्चिमी नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले आर्थिक वर्ष २०७४–७५ मा ८ करोड ६९ लाख ८६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।
छोटी भन्सार कार्यालयका नासु ईश्वरी चापागाईंका अनुसार जेठमा एक करोड १८ लाख ६३ हजार र असारमा ६३ लाख ५९ हजार राजश्व संकलन भएको हो।
आव २०७३–७४ मा पाँच करोड राजश्व संकलन भएको थियो। आव २०७३–७४ को तुलनामा आव २०७४÷७५ मा तीन करोड ६९ लाख, ८६ हजार बढी राजश्व संकलन भएको हो। सरकारले साउन १ गतेदेखि लागू हुने गरि केही दिनअघि छोटी भन्सारलाई मूल भन्सारका रुपमा स्तरोन्नति गरेको थियो।
रासस