यस्तो छ, भारतले सार्वजनिक गर्न लागेको सय रुपैयाँ नोटको विशेषता
मुम्बई (एजेन्सी)– भारतीय रिजर्ब बैकले छिट्टै एक सय रुपैयाँको नयाँ नोट सार्वजनिक गर्ने भएको छ। नोट बाहिर ल्याउनुअघि बैकले यसको डिजाइन सार्वजनिक गरेको छ। नोटको रंग ‘लेवेन्डर’ छ। नोटको पछाडि गुजरातकी पूर्व महारानीको एउटा भब्य महल समावेश गरिएको छ।
अघिल्लो महिना सार्वजनिक हुन लागेको सय रुपैयाँको नोटमा छापिएको महल, जसको नाम रानी कि वाव’ हो, यसको निमार्ण ११ औं सताब्दीमा भएको थियो। यसलाई युनेस्कोले विश्व सम्पदा सूचीमा पनि समावेश गरेको छ।
‘रानी कि वाव’ गुजरातको पाटन गाउँस्थित सरस्वती नदीको किनार बावडीमा अवस्थित छ। यसको निर्माण सोलन्की सम्राज्यको समय निमार्ण भएको थियो। महलको तल एउटा सानो द्धार भएको र भित्र ३० किलोमिटर सुरुङ समेत भएको बताइएको छ।