माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती– सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरेकोमा सत्तारुढ नेकपासँग असन्तोष प्रकट गरेका छन्।
प्रतिनिधिसभाको विहिबार बस्ने भनिएको बैठक अगावै संघीय संसद् भवन बाहिर सूचना टाँस गरी स्थगन गरिएको थियो। आज बस्ने भनिएको बैठक साउन ११ शुक्रबारसम्मका लागि सारिएको छ।
प्रतिनिधिसभा बैठक सारिएकोमा आपत्ति जनाउँदै संसद् परिसर नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै सभापति देउवाले माइतीघर मण्डला र जुम्ला घटनामा सरकारले ज्यादती गरेको बताए।
उनले डा केसीले उठाएका सबै माग र उनकाे स्वास्थ्य उपचारमा सरकारले ध्यान दिनुपर्ने बताए। आफू सरकारमा हुँदा संसद्मा पेश गरिएको चिकित्सा शिक्षा अध्यादेश विधेयक हुबहु संसदमा ल्याइनुपर्ने उनको माग थियो।
रासस